२२ कार्तिक २०८३, आइतबार

कपिलवस्तुको कृष्णनगर–२ खुल्ला दिशा मुक्त घोषणा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु, ६ पुस । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ लाई बिहिबार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । सन् २०१७ भित्र नेपाललाई पूर्ण खुल्ला दिसा मुक्त बनाउने अभियानअर्न्तगत नगरपालिकाभित्रका वडाहरुलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिने कार्यक्रम तय गरिएको छ ।

सम्पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइ सकेपछि नगरलाई नै खुल्ला दिसा मुक्त नगर घोषणा गर्ने कार्यक्रम रहेको वास सयोजक सुष्मा मल्लले बताइन् । वडामा रहेका ७४५ घरधुरीमध्ये ७ सय भन्दा धेरैमा शौचालय निमार्ण भइसकेको अन्य बाँकीको निमार्ण कार्य जारी रहेकोले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष संजय गुप्ताले बताए ।

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले साबुन पानीले हात धोएर वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले छोटो समयमा नै वडा नम्बर २ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुन सक्नुमा स्थानीय जनताको सरसफाईप्रतिको जागरुकता तथा स्थानिय जन प्रतिनिधि र सरसफाई प्रतिनिधिहरुको सक्रियताले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको उल्लेख गरे ।

नगर प्रमुख शाहले आर्थिक अवस्था ज्यादै कमी भएकालाई नगरपलिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा बोल्दै गैरसकारी महासंघका प्रविण श्रीवास्तव, उद्योग वाणिज्य संघ कृष्णनगरका गुरुशरण सिंह, के आई नेपालका केशर विश्वकर्मालगायतले चर्पी निर्माण गरेर मात्र नहुने भन्दै चर्पीलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम वडा अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता भएको थियो ।