३१ आश्विन २०८३, शनिबार

मलेसियाको मृत्युदण्डबाट बचेर नेपाल फर्किए भीमबहादुर, अदालतबाट निर्दोष सावित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।

त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ ।

नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उहाँ हिजै नेपाल फर्कनुभएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उहाँ स्वदेश फर्कनुभएको हो । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्कनुभएको छ ।

विगत २ वर्षदेखि उहाँ मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य हुनुभएको थियो । रासस