२२ कार्तिक २०८३, आइतबार

वीरगञ्ज जेसिजको वर्ष २०१८को अधिवेशन बदर गर्न जिल्ला प्रशासनमा उजुरी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ६ पुस । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने वीरगञ्ज जेसिजमा व्यक्तिको शासन हावी भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।

गत पुस १ गते जेसिज वर्ष २०१८ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा विधान विपरित जेसिजका केहि पूर्व अध्यक्षहरुको मनोपोलिको कारणले अवैधानिक तरिकाले सदस्यता थप गरि जेसिजलाई गोजीको संस्था बनाएको भन्दै उजुरी परेको हो ।

वीरगंज जेसिजका वर्तमान अध्यक्ष दिलिप ढुंगेल लगायत सम्पूर्ण पदाधिकारी तथा निर्वाचन अधिकृत राजेश पटेललाई विपक्षी बनाई जेसी प्रेम कुमार झाद्वारा दिईएको उजुरीमा पुनः निर्वाचनको माग गरिएको छ ।

वीरगञ्ज जेसिजको विधान २०५८ को दफा ५ को ४ मा सदस्यता नविकरणको व्यवस्था विपरित ५० जना सदस्यले मात्र नविकरण गरेको अवस्थामा १९ जना सदस्य थप गरि विधान विपरित ६९ जनाको सदस्य संख्या बनाएर निर्वाचन मण्डलले मतदान गराएको थियो । वीरगञ्ज जेसिजका केहि पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिले जेसिजलाई आफ्नो गोजीको संस्था बनाउन खोजेको आरोप लगाईएको छ ।

विगतमा वीरगंजका युवाहरुको आकर्षणको केन्द्र विन्दु बनेको सामाजिक संस्था वीरगंज जेसिजको प्रतिष्ठा दिन प्रतिदिन खस्कदै गएकोले अहिले ५० जना सदस्यमा खुम्चिन पुग्नु दुर्भाग्यको विषय भएको र जेसिसलाई विधिको शासनबाट नभई व्यक्तिले डो¥याउने संस्थाको रुपमा अगाडी बढाईएको झाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा दिईएको उजुरीमा विधान विपरित सम्पन्न निर्वाचन गैरकानुनी भएको हुँदा सो निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गरिएको छ ।

जिल्ला प्रशासन पर्साले वीरगंज जेसिजको विवादका विषयमा दुवै पक्षलाई बोलाएर बुझ्ने काम गरि रहेको छ ।