अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरूको साझा घरको रुपमा नेपाली सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आवश्यक पर्ने कोष संकलन अभियान सुरु भएको छ ।
त्यसका लागि १८ तारिखबाट शुरु भएको वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलद्वारा वाचन भएको छ । महापुराणको तेश्रो दिन करीब चार सयको सहभागिता रहेको छ ।
सप्ताहको तेश्रो दिन ४५ परिवार र एक जनाले आजीवन सदस्यता लिएका छन् । सो क्रममा ६८ हजार ५०० डलरको प्रतिबद्धता जाहेर भएको छ ।
सबै किसिमको चन्दा समेत गरी १ लाख ३२ हजार ७०४ डलरको प्रतिबद्धता आएको छ ।















प्रतिक्रिया