अमेरिका । लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि अमेरिका बसेर लोक संगीतमा सकृय हुँदै आएका महतलाई बिदेशमा बसेर पनि लोक संसीतमा सकृय रुपमा लागेकामा सम्मान प्रदान गरिएको हो ।
अमेरिकाको बाल्टीमोरमा परिवार सहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक वर्ष जसो नेपालमा गएर बिभिन्न गीतहरू बजारमा ल्याउने गरेका छन् ।
राष्ट्रिय गीत तथा माया प्रेमका बिभिन्न गीतहरू निकाल्दै आएका महत अमेरिकामा रहेर पनि बिभिन्न राज्यहरुमा प्रस्तुती दिने गरेका छन् ।
अमेरिकन समुदायमा समेत राम्रो सांगितीक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत समेत हुन् ।
आफूलाई पुरस्कार प्रदान गरिएको थाहा पाए पछि महतले पुरस्कार छनौट समिती लगायत सबैलाई आभार ब्यक्त गरेका छन् ।
महतले आफूलाई पुरकास्कार पश्चात नेपाली गीत संगीतमा लाग्न थप हौसला प्राप्त भएको बताएका छन् ।















प्रतिक्रिया