३१ आश्विन २०८३, शनिबार

कृष्ण शर्मा ह्वाइट हाउसका लागि भाषा विज्ञ नियुक्त

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् ।

यस नियुक्ति सम्बन्धमा शर्मासगं बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर, त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए ।

परिवारले पनि सम्पर्क गर्दा यो राजनीतिक नियुक्ति नभई जागिरे नियुक्ति भएको र त्यसभन्दा बढी जानकारी आफूलाई नभएको बताए ।

अमेरिकी नेपाली समुदायबीच एक असल तथा स्वतन्त्र छवि बनाएका शर्माले करीव डेढ़ वर्षदेखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृति शर्मासँग संयुक्त रूपमा संचालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए ।

शर्माले नेपालमा हुँदा दि राइजिगं नेपाल अंग्रेज़ी दैनिकमा उपसम्पादकको रूपमा सात वर्षसम्म सेवा गरी अमेरिकामा आएपछि दि वासिंगटन पोष्टमा करीव छ वर्षसम्म काम गरेका थिए ।

त्यसपछि उनले वासिगंन डिसिस्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष सम्म काम गरे । शर्मा नेपाल अमेरिका पत्रकार सघं (नेजा)का पूर्व अध्यक्ष पनि थिए । उनले सन् २०१५ देखि भर्जीनियाको फेयरफ्याक्स स्टेशन स्थित दूर्गा मन्दिरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सचांलनमा ल्याएका छन् ।

शुरूका दिनमा शर्मा र उनकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित थिए ।

हाल अर्का शिक्षक हरिकृष्ण पुडासैनीसँगै शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउँछन ।