२२ कार्तिक २०८३, आइतबार

मतदातालाई धन्यवाद दिन काठमाडौंको ३१ नम्बर वडामा वाम गठबन्धनको घरदैलो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । काठमाडौंको वडा नम्बर ३१ मा वाम गठबन्धनले मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेको छ ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने ३१ नम्बर वडास्थित शंखमुलको श्रीनगर टोलमा मंगलबार एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य रामकुमारी झाक्रीका साथमा काठमाडौं १ को प्रदेश (ख)मा निर्वाचित एमालेका प्रदेश सांसद गणेश दुलालले घरदैलो गर्दै मतदातालाई धन्यवाद दिएका हुन् । घरदैलोका क्रममा सांसद दुलालले आफूले चुनावअघि जनतासँग गरेको वाचा नबिर्सिएको भन्दै पूरा गरि छाड्ने प्रतिबद्धता जनाए ।

घरदैलोका क्रममा श्रीनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव एवं कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदीप ज्ञवालीले वाम गठबन्धनका आएको जनमतलाई कदर गर्ने प्रतिबद्धता जनाए । ‘वाम गठबन्धनलाई विश्वास गरेर जुन जनमत आएको छ, त्यसको कदर हुन्छ, त्यसमा निश्चित रहनुस्,’ ज्ञवालीले भने । उनले घोषणापत्रअनुसार विकासका कामहरु पनि अघि बढाइने पनि स्पष्ट पारे ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नन्दलाल चटौतले जनताले मत दिएर गरेको विश्वासलाई कायम राख्न नेतृत्वलाई सुझाव दिए । ‘गठबन्धनलाई जनताले भोट दिएर विश्वास गरेका छन् । तर, अहिले एमाले र माओवादीबीच झगडा भएको हल्ला बाहिर आएको छ । त्यस्तो केही पनि हुनेछैन् । पदलाई होइन जनताको मतको कदर गर्दै विकास र समृद्धिमा एकजुट हुनुपर्छ । वाम सरकार बन्नुपर्छ,’ उनले भने ।