बाजुरा, ४ पुस । एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका नवर्निवाचित सांसद लालबहादुर थापाले लोकतन्त्र र विधिको साशनभन्दा बाहिर रहेर कसैले काम गर्न नहुने बताएका छन् ।
सोमवार बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरिएको कार्यक्रममा थापाले विधि सबैले मान्नुपर्ने बताएका हुन् । उनले जनताबाट निर्वाचित भैसके पछि आफू बाजुरा जिल्लाको विकासका लागि अहोरात्र खटिएर लाग्ने बताए ।
अव कर्मचारीहरूले कसैको डर धम्कीमा बस्न नपर्ने बताएका छन् । बाजुराको विकासलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सबै खाका तयार बनाएको बताए ।












प्रतिक्रिया