– विजय थापा
अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाका बिभिन्न शाखाहरूमध्ये उदाहरणीय काम गरेर चर्चा परिचर्चाको शिखरमा रहेको मेरिल्याण्ड शाखाको हस्तान्तरण कार्यक्रम गत डिसेम्बर १७ तारिख सफलतापूर्वक सम्पन्न भएको छ ।
यही शाखाको पहलमा मेरिल्याण्ड राज्यमा नेपाली भाषा मै सवारी साधन चालक अनुमति पत्र को परीक्षा दिने गराएको थियो ।
सो कार्यक्रममा निबर्तमान तथा मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष जेदु पोख्रेलले निर्णय बिवरण पुस्तिका तथा संस्थाको नाममा रहेको चेक बुक हस्तान्तरण गरेका थिए । औपचारिक रुपमा सबै बुझ बुझारथ अघिल्लो समितिले हस्तान्तरण गरेको छ ।
उक्त अबसरमा एनआरएन मेरिल्यान्ड शाखाका बर्ष २०१७–२०१९ का अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले मन्तब्य राख्दै आफ्नो बाँकी रहेको १९ महिनाको अवधिमा हेल्प डेस्कको गठन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
उनले सम्पूर्ण मेरिल्यान्डबासी नेपाली समुदायको सहयोगबाट प्रति व्यक्ति १ डलर महिनाको सङ्कलन गरि आकस्मिक कोषको ब्यबस्था गर्ने, सहकारी स्थापनाको पहल गरि नेपाली समुदायलाई सहज रुपमा व्यवसाय सन्चालनमा ल्याउने वातावरणको सिर्जना गर्ने र स्थानीय संघ संस्थासंग मिलेर यो सबै काम कार्यनीतिमा उतार्न प्रयास गर्ने बताए ।
हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि महा बाणिज्यदूत प्रेम राजा महत, समाज सेवी तथा एनआरएनए अन्तरराष्ट्रियका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, एएनएका वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारी, बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त लगायत बिभिन्न सघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनुको साथै मन्तब्य राखेका थिए ।
कार्यक्रममा सँस्थापक अध्यक्ष जेदु पोख्रेलले उक्त हस्तान्तरण कार्यक्रममा आफूले आफ्नो कार्यकालमा गरेका कुराहरुको संक्षिप्त चर्चा गरेका थिए ।
उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बाल्टिमोरमा भएको नगरभवन बैठकमा ३ वटा प्रमुख काम सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेको बताएका थिए ।
उनको पहिलो मुद्धा मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुको बास्तबिक जनसंख्याको तथ्याङक निकाल्न पहल गर्ने, दोस्रो मेरिल्याण्ड सवारी साधन बिभाग मा नेपालि भाषालाई मान्यता दिलाउन पहल गर्ने र तेश्रो सामुदायिक भवन बनाउन पहल गर्ने कुराको चर्चा गरेका थिए ।
अर्जुन हमालले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष बिनोद उप्रेतीले पनि मन्तब्य राखेका थिए ।















प्रतिक्रिया