२२ कार्तिक २०८३, आइतबार

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै जिल्ला बन्द

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, पुस ३ । प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाइनु पर्ने माग गर्दै धनकुटावासीले सोमबार जिल्ला बन्द गराएका छन् । प्रशासनलाई दवाब दिन आइतबार स्थानीयले क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

बन्दका कारण जनजीवन प्रभावित भएका छन् । धनकुटा बजारका पसल पूर्ण रुपमा बन्द छन् भने धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधान पनि ठप्प भएका छन् ।