३१ आश्विन २०८३, शनिबार

क्यानडामा पशुपतिनाथको मन्दिरमा शिवलिंग स्थापना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानडा । क्यानडाको पशुपतिनाथ मन्दिरमा शिवलिंगको विधिवत स्थापना गरि दैनिक पुजा शुरु गरिएको छ ।

गत शनिबार वैदिक विधिबाट ८ सय किलोग्रामको शिवलिंगको प्राणप्रतिष्ठा सम्पन्न भएपछि नवनिर्मीत पशुपतिनाथ मन्दिरमा दैनिक पूजा आराधना शुरु भएको हो ।

४ फिट अग्लो साढे ३ फिट आधारको गोलाई भएको पशुपतिकै शिवलिंगको प्रतिमूर्तीलाई नेपाली बाबाको नेतृत्वमा ११ जना ब्रामणबाट रूद्री पाठ गरि प्राणप्रतिष्ठा गरिएको हो ।

प्रतिमूर्तीका लागि लाग्ने करिब ५ लाख रूपैया वर्लींटन निवासी युवराज अर्यालले सहयोग गरेका छन्। त्यस्तै २ सय किलोग्रामको बसाहाका लागि लाग्ने एक लाख रुपैया टोरोण्टो निवासी अमित उपाध्यायको परिवारले सहयोग गरेका छन् ।

यहाँस्थित नेपाली तथा भारतीय भक्तजनहरुको मागलाई मध्यनजर गर्दै ब्राम्हण राखेर बिहान बेलुकि नियमित पूजा शुरु भएको नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर९एनसिएचसी०का अध्यक्ष राम पौडेलले बताए।

नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर९एनसिएचसी०को अगुवाइमा ग्रेटर टोरोण्टो क्षेत्रको ब्राम्टनस्थित ७९५५ तोरब्राम रोडमा गत वर्ष एक तले भवन खरिद गरि पशुपतिनाथ मन्दिर निर्माण गरिएको थियो।

करिब ३ करोड रुपैयाँमा खरिद गरिएको मन्दिरका लागि नपुग रकम यहाँका नेपालीले सापटी दिएर सहयोग गरेका थिए ।

क्यानडामा नेपाली मन्दिर निर्माण गर्ने ९ बर्षदेखिकै योजना भए पनि आवश्यक रकम शंकलन गर्न नसकेका कारण यो सफल हुन सकेको थिएन।