– विजय थापा
डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित सक्रिय सामाजिक संस्था वाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरीका (वाना)ले आफ्नै सामुदायिक भवन किनेको छ ।
बानाले गत दिसम्बर १५ ,२०१७ मा भवन किनेको हो । झन्डै १३ वर्षसम्म अनेकौ समस्या झेलेको यो संस्थाले भवन पाउन सफल भएको छ ।
संस्थाका अध्यक्ष अनु श्रेष्ठ वन्तले भवन खरिदमा रकम संलनका लागि सहयोग गर्ने दाताहरूलाई धन्यावाद दिइन् ।
उनले भनिन्, ‘म निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार हुँदा आफ्ना प्रतिबद्धता जाहेर गर्ने क्रममा सबैभन्दा पहिला बानाले अघि सारेको सामुदायिक भवन आफ्नो प्रथम प्राथमिकतामा राखेको थिएँ । पूरा भएको छ ।’
सन् २००४ मा स्थापना भएको वाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरीका (वाना)ले २०१७ को अन्तिम महिनादेखि अब आफ्नै भवनमा बैठक तथा कार्यक्रम समेत गर्नेछ ।















प्रतिक्रिया