सर्लाही, १ पुस । सर्लाहीको बागमती नगरपालिकाले शनिबार सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरेको छ । नगरपालिका भित्रका ८२ जना सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरिएको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
सो अवसरमा छोरा जन्माउनेलाई ३ हजार र छोरी जन्माउने महिलाहरुलाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको उनले बताए । नगर समितिको बैठकको निर्णय अनुसार नै शनिबार पहिलोपटक नगरपालिकाका १२ वटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको थापाले बताए ।
सुत्केरी भएका महिलाहरुको स्वस्थ्य राम्रो बनाउन उनीहरुलाई पोषण भत्ता दिएको थापाले बताउछन् । समाजमा रहेको छोरा र छोरीबीचको विभेदलाई निरुत्साहित गर्न छोरी पाउने महिलालाई छोरा पाउनेलाई भन्दा बढि भत्ता दिइएको उनको भनाइ छ ।












प्रतिक्रिया