३१ आश्विन २०८३, शनिबार

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच कता नेपाली ? शीर्षकको भिडियो प्रतियोगिताको लागि सहकार्य हुने घोषणा भएको छ ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट ३ भिडियोहरुलाई वासिङटन डिसी महानगर क्षेत्रमा २०१८ मे १८ देखि २० सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ ।

अहिले कोड फर नेपालले प्रतियोगिताका लागि छोटा भिडियोहरुको आवेदन खुलाइ रहेको छ । सहभागीहरुलाई आफ्नो भिडियो आवेदन दिन कुनै शुल्क तोकिएको छैन ।

नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोकर्मीहरु सहभागिताको आशा गरिएको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएकोले अंग्रेजी भाषा बाहेकका भिडियोलाई अंग्रेजी सबटाइटल राख्न अनुरोध गरिएको छ ।

भिडियो पठाउनु पर्ने समया अवधि डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ तोकिएको छ ।