युएई । एनआरएन युएईद्वारा सिरियामा बेचिन लागेकी युवतीको उद्दार गरी नेपाल पठाएकाे छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले अवैधानिक बाटो हुँदै सिरियामा बेचिन लागेकी नेपाली महिलाको उद्दार गरी नेपाल फिर्ता पठाएको हाे ।
भारतको बाटो हुँदै नोभेम्बर २३ मा युएई आएकी काठमाडौं बौद्ध घर भएकी पुजा रानालाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल पठाइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।
भैरहवाको बाटो हुँदै दलाल मोना राई र समबे शेर्पाको साथमा भारतको दिल्ली पुर्याएको उनले बताइन् । दिल्लीमा १७ दिन बसिसकेपछि भारतीय नागरिकले विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिषामा युएई आइपुगेको उनले जानकारी दिए ।
टर्कीमा मासिक ३०० डलर पारिश्रमिक पाउने प्रलोभनमा परेर पुजा मोरङनिवासी कमानसिंह तामाङमार्फत युएई आइपुगेकी हुन् । पूजाले धर्म दाइ मान्ने गरेका तामाङलाई नेपाली रुपैयाँ ५० हजार बुझाएकी थिइन् ।
युएई आइपुगेपछि शारजाह विमानस्थलबाट उनलाई एक अरबीभाषी (कुन देशको नागरिक भन्ने थाहा छैन)ले आफ्नो अपार्टमेन्टमा लगी घरायसी काममा लगाएका थिए ।
पूजाले दिएको जानकारीअनुसार टर्की जान भनेर युएई पुर्याइएकी उनलाई उक्त अरबी भाषी नागरिकले कहिले लेबनान लैजाने त कहिने सिरिया लैजाने भन्दै घरमा चाबी लगाएर राखेको थियो ।















प्रतिक्रिया