२२ कार्तिक २०८३, आइतबार

सुशासनको नमूना जिल्ला बनाउन कर्मचारीलाई सांसद महतको निर्देशन

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २८ मंसिर । प्रतिनिधि सभाका लागि नवलपुर — २ बाट नवनिर्वाचित सांसद एवम् एमालेका युवा नेता तिलक महतले नवलपुर जिल्लालाई सुशासनको नमुना जिल्लाको रुपमा पहिचान बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । बिहिबार जिल्लाका कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको भेटघाटमा उनले यस्तो निर्देशन दिएका हुन ।

नयाँ जिल्लाको पहिलो सांसद रहेका महतले जिल्लाका सरकारी कार्यालयको ब्यवस्थाका लागि काम थाल्न समेत कर्मचारीलाई आग्रह गरे । कावासोतीको वर्डा नं. ३मा रहेको खाली क्षेत्रमा कार्यालय स्थापना गर्न पहल थाल्नुहोस त्यसमा म अभिभावकीय भूमिका निभाउछु उनले भने— ‘कानूनी समस्या भए त्यसको समाधानमा म लाग्छु कार्यान्वयनमा तपाईहरु लाग्नुहोस्’ ।

विगतका प्राकृतिक स्रोतको दोहनले जिल्लाको छवि राम्रो छैन त्यसलाई राम्रो बनाउन लाग्नुपर्छ , बिधिको शासनका लागि क्रियाशिल हुनुपर्छ नवनिर्वाचित सांसद महतले भने—‘ नयाँ जिल्ला बनाउन जसरी अगुवाई गरे सुशासनको पक्षमा मेरो अगुवाई हुन्छ ’ ।

नागरिकले छिटो छरितो सेवाको अपेक्षा गरेकाले नागरिकको अपेक्षालाई सम्बोधन हुने काम गर्न आबश्यक छ । लोकतान्त्रिक गणतन्त्रमा समेत हाम्रो मानसिकता र काममा परिवर्तन भएन भने नागरिकले परिवर्तन महसुस गर्न सक्दैन त्यसैले नागरिकले महसुस गर्ने काम गर्नुपर्छ उनले भने—‘जागिर खाने मात्र नभएर सेवा गर्ने भावका साथ नवलपुरमा खटिनुपर्छ’ ।

विगतका समयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै रकम फ्रिज हुने अबस्था आयो स्थानीय तहले बजेट फ्रिज नहुने गरी काम गर्नुपर्छ उनले भने —‘स्रोत साधनको कमी छैन खर्च भएन भन्ने अबस्था अन्त्य होस’ । जिल्लाको दक्षिण क्षेत्र त्रिवेणी जान प्रदेश नं. ५ र प्रस्तावित प्रदेश राजधानी पोखरा जान प्रदेश नं. ३ को सडक प्रयोग गर्ने अबस्था भएकाले त्रिबेणी —कावासोती — पोखरा हुदै कोरला सम्म जाने सडक निर्माणमा पहिलो प्राथमिकता छ जिल्लाका कार्यालयहरुले यसलाई चनाखोको रुपमा हेर्नुपर्छ ।

भेटघाट कार्यक्रममा कायम मुकायम प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले कर्मचारीको पक्षबाट समन्वयमा कमी आउन नदिने शान्ति सुरक्षा र विकासको हिसावले जिल्लालाई अब्बल बनाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकारहरुको सहभागीता रहेको थियो ।