– विजय थापा
अमेरिका । मृगौला रोगबाट पीडित गायक ओम विक्रम विष्टको सहयोगार्थ अमेरिकामा सांस्कृतिक साँझ हुने भउको छ ।
डीसी महानगर क्षेत्रका नेपाली समुदायले खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न लागेका हुन् ।
कलाकार बिष्टको मृगौला प्रत्यारोपण गर्न आवश्यक भएको छ । विष्टले हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् ।
गत डिसेम्बर ११ तारिख आईतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को पहलमा आयोजना गरिएको कार्यक्रममा डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरूको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कार्यक्रममा सबैले मिलेर कलाकार बिष्टलाई सहयोग गर्नु पर्ने भएकोले सबैलाई एक जुट हुन् आग्रह गरेका छन् ।
उनले कार्यक्रममा टिकट दर २५ डलर राख्ने योजना रहेको बताए । भिआईपीका लागि ५० र १ सय डलर दरका टिकट पनि राखिनेछ ।
इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना रहेको भन्दै
सहयोग गर्नु सबैको दायित्व भएको बताए ।
ज्यादा खर्च कार्यक्रम स्थलको लागि पर्ने भएकोले त्यो पनि निःशुल्क गराउने प्रयास रहेको शर्माले जानकारी गराए ।















प्रतिक्रिया