२२ कार्तिक २०८३, आइतबार

बडिमालिकामा युवा सूचना केन्द्र सञ्चालन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २७ मंसिर । बडिमालिका नगरपालिकामा सुविधा सम्पन्न यूवा सूचना केन्द्र सञ्चालनमा आएको छ । यूवाहरुलाई आधुनिक ज्ञान सिपसँग नजिक बनाई प्रविधि बारे सक्षम बनाउने उद्देश्यसहित नगरपालिका स्तरीय युवा सूचना केन्द्र सञ्चालमा आएको हो ।

कम्प्यूटर सहीत इमेल इन्टरनेट, पुस्तकालय व्यसायीक तालिम सिक्ने सुविधा उपलब्ध भएको सूचना केन्द्र सञ्चालनमा आएको नगर स्तरीय युवा सञ्जालका अध्यक्ष प्रशान्तराज जोशीेले बताए ।

सूचना केन्द्रको बडिमालिका नगर प्रमुख पदम बडुवालले उद्घाटन गरेका छन् । सूचना केन्द्र नगरपालिकाको स्वामित्व रहने गरी सञ्चालन गरिएको नगर उपप्रमुख कविता विष्टले बताईन् । सञ्चालनमा लागि सुरुमा पीसविन÷सेभ द चिल्डे«नले तीन लाख अनुदान सहयोग गरेको छ ।

युवा सूचना केन्द्र सञ्चालन निर्देशिका तयार पारिएको छ । निर्देशिका बमोजिम हप्ताका सातै दिन खुला रहने गरी सूचना केन्द्र सञ्चालन गरिएको छ । इमेल इन्टरनेट सेवा, व्यवसायीक ज्ञान सिप सिक्न मिल्ने र चाहेको पुस्तक पढ्न पाउने सुविधा सहीतको केन्द्रको विकास गर्ने नगर प्रमुख पदम बडुवालले बताए ।

नगरपालिका भित्रका ९ वटै वडाका सूचना केन्द्रको शाखा विस्तार गर्ने र उनीहरुलाई आयमुलक क्रियाकलापमा संलग्न गराउने र ज्ञान सिप प्रविधि बारे जानकारी दिई सक्षम बनाउने लक्ष्य केन्द्र सञ्चालन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोक चन्द्रले बताएका छन् ।

सूचना केन्द्रले युवाहरु भए सक्षम देशको बन्द्ध भविष्य भन्ने नारानै अघि सारेको छ । सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न एक जना कर्मचारीको समेत व्यवस्था गर्ने नगर प्रमुख पदम बडुवालले बताए ।

निर्देशिका अनुसार नै सूचना केन्द्र सञ्चालन हुन सके युवाहरुलाई आधुनिक ज्ञान सिप र प्रविधिबारे जानकारी राख्न सजिलो हुने सहयोगी निकाय सभे द चिल्डे«नका इन्द्र विशाल बरालले बताए ।

सूचनानै ज्ञानको पहिलो आधार भएकोले युवालाई सूचना नजिक राख्न र दक्षता अभिवृद्धी गर्नमा ठूलो सहयोग पुग्ने पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताए । सूचना केन्द्र नामका लागि मात्र नभई उद्देश्य अनुसार सञ्चालन हुन सके गुणात्मक उपलब्धी हासिल गर्न सकिने पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले बताए ।

स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै सूचना केन्द्रलाई थप प्रभावकारी बनाउने लक्ष्य युवा सञ्जालले लिएको छ । यूवामा लगानी आवश्यक रहेको बेला सहयोगी निकाय र नगरपालिकाले सञ्चालन गरेको काम प्रति खुसी रहेको यूवा समिति बाजुरा अध्यक्ष यूवराज शाहीले बताए । सूचना केन्द्र मार्फत ६ हजार युवा लाभान्वित हुने छन् ।