२२ कार्तिक २०८३, आइतबार

प्रत्यक्षतर्फ वाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको बझाङमा समानुपातिकतर्फ काँग्रेस पहिलो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७७९ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमाले २४ हजार ४७७ र नेकपा (माओवादी केन्द्र)ले आठ हजार ६५३ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँगे्रसले २२ हजार ९६४ मत प्राप्त गरी पहिलो भएको छ भने एमालेले २० हजार ८०६ र मओवादी केन्द्रले १० हजार ६३५ मत पाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । रासस