२२ कार्तिक २०८३, आइतबार

विकासको युग सुरु भयोः नवनिर्वाचित सांसद बुढा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शेरबहादुर थापा

दैलेख, २७ मंसिर । नेकपा एमालेका विजयी उम्मेदवारहरुले दैलेखमा अब विकासको युग सुरु हुने बताएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकामा आयोजना गरिएको विजय ¥यालीलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले यस अघि सडकका ट्र्याक खोल्ने काम मात्रै भएकाले अब भने सडकलाई स्तारोन्नती गरिने बताएका हुन ।

मतदातालाई धन्यवाद दिदैं नेता बुढाले जनताले आफूहरुमाथि गरेको भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्वता जनाए । सांसद बुढाले भने, ‘विजुली, खानेपानी, सडक र सञ्चार जस्ता सिवकासे कार्यक्रम अघि बढाउनेछु । स्थानीय सरकारहरुसँगको सहकार्यमा ठाँटीकाँधलाई नमूना बनाउँछौं ।’

भेलालाई सम्वोधन गर्दै प्रदेस सभा ‘ख’ का नवनिर्वाचित उम्मेदवार राजबहादुर शाहीले आफूलाई प्रदेसमा जिताएर पठाएकोमा आम मतदातालाई धन्यवाद दिए । उनले ठाँटीकाँध लगायत प्रदेशको समृद्धिका लागि विभिन्न क्षेत्रको विकास गर्ने प्रतिबद्वता जनाए । रामागाड ठाँटीकाँध सडकको स्तरोन्नती गर्ने, विशाला गएको सडकको समेत सुधार गर्दै निरन्तर यातायातका साधनहरुको आवतजावत गर्ने, ठाँटीकाधलगायत अन्य स्थानमा रहेको खानेपानी तथा सिंचाई र विजुली लगायतका समस्या तत्काल समाधान गर्न आफूले पहल चाल्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेलले विगतमा पनि एमालेले दैलेखको विकासमा महत्वपूर्ण योगदान दिएको स्मरण गरे । नेकपा एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले देशमा वामपन्थीको सरकार बन्ने र यसले देशको विकासमा महत्वपूर्ण कार्य गर्ने बताए । कार्यक्रममा एमाले नेता सुर्यबहादुर शाही, युवा नेता योगेन्द्र शाही, माओवादी केन्द्रका नेता सुशिल रावत, ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलगायतले सम्वोधन गरेका थिए ।