काठमाडौँ, २६ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ (ख)मा नेपाली काँग्रेसका अगम लाल चौधरी विजयी भएका छन् ।
चौधरी २१ हजार ४२९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदेव यादबले १७ हजार ५६८ मत प्राप्त गरे । चौधरी प्रदेश सभामा निर्वाचित हुने देशकै अन्तिम उम्मेदवार हुन् । यससँगै प्रदेश सभाका सबै ३३० सिट पुर्ति भएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा तर्फको मत गणना जारी रहेको छ । प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका विजय कुमार गच्छदार र एमालेकी भगवती चौधरी बीच प्रतिष्पर्धा भइरहेको छ ।
एमालेकी चौधरीलाई पछि पार्दै गच्छदारले ५१९ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गच्छदार ३६ हजार ८० मतका साथ अग्रता लिएका छन् भने एमालेकी चौधरीले ३५ हजार ५६१ मत ल्याएर दोस्रो स्थानमा छिन् ।












प्रतिक्रिया