काठमाडौँ, २६ मंसिर । स्याङ्जामा बाम गठबन्धनले विजय सुरुवात गरेको छ । स्याङ्जा क्षेत्र नम्बर १ (क)मा नेकपा (माओवादी केन्द्र)का दिपक थापा विजयी भएका हुन् ।
थापा १७ हजार ३९२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमल प्रसाद पंगेनीले १४ हजार ६६६ मत प्राप्त गरे ।
त्यस्तै प्रदेश १ (ख)मा एमालेका मिनप्रसाद गुरुङ विजयी छन् । गुरुङ २० हजार २४८ का साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका तुलसी गिरीले १४ हजार ५१० मत प्राप्त गरेका छन् ।
सबै सिटमा बाम गठबन्धन अगाडी
क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायण प्रसाद मरासिनी र काँग्रेसका राजु थापा बिच प्रतिष्पर्धा भइरहेको छ । एमालेका मरासिनीले १२ हजार ४८६ मतका साथ अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार २ मत ल्याएका छन्
क्षेत्र नम्बर २ मा एमालेकी पद्मा कुमारी अर्यालले २२ हजार १४१ मतका साथ अग्रता लिइरहेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल मान श्रेष्ठले १७ हजार ९६४ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
यता प्रदेश २ (क)मा एमालेका मोहन प्रसाद रेग्मीको अग्रता छ । उनी १५ हजार १९२ मतका साथ सबैभन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पौडेलले ११ हजार ७२० मत ल्याएका छन् ।
यस्तै, प्रदेश २ (ख)मा पनि बाम गठबन्धनबाटै माओवादी केन्द्रका सुर्यप्रसाद गैरे १३ हजार ८३७ मतका साथ सबैभन्दा अगाडी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवत प्रकाश मल्ल १२ हजार १३६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।












प्रतिक्रिया