– मिना बुढाथोकी
सल्यान, २५ मंसिर । सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य टेकबहादुर बस्नेत सोमबार भएको विजयी घोषणा कार्यक्रममा लगातार जित्दा आफूलाई जिम्मेवारी बढेको महसुस भएको बताएका छन् । विना विभागीय मन्त्री समेत रहेका बस्नेतले अबको आफ्नो प्राथमिकतामा दाङ–सल्यान सडकखण्डको स्तरोन्नती गर्ने र १० वटै स्थानीय तहमा पक्की मोटरबाटो पु-याउने रहेको बताए ।
उनले यसबीचमा चाहेर पनि काम हुन नसकेको स्वीकार गर्दै अब आगामी ५ बर्ष भित्रमा जनतासँग गरेका बचा र अधुरा रहेका काम पुरा गर्न आफु प्रतिबद्ध रहेका बताए । उनले भने ‘मैले सक्रियतापूर्वक जनताको बीचमा रहेर काम गर्ने बाचा गरेको छु ।’
यसैगरी, प्रदेशसभा (क)बाट उम्मेदवार बनेका एमालेका केन्द्रीय सदस्य गुलावजंग शाहले विकासको दृष्टीमा पछि पारिएको सल्यानको समृद्धिमा सबैसँग हातेमालो गरेर लाग्ने बताए ।
त्यस्तै प्रदेशसभा (ख) बाट निर्वाचित भएका भावि मुख्यमन्त्रीको दाबेदार एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले आफूलाई मुख्यमन्त्री बन्नका लागी ढोका खुलेको बताउँदै समग्र ६ नम्बर प्रदेशको समृद्धिमा लाग्ने बताए । उनले विकासमा ढिलासुस्ती हुने चलन र भ्रष्टाचारलाई रोक्न आफुले कडा कदम चाल्ने प्रतिक्रिया दिए ।












प्रतिक्रिया