२२ कार्तिक २०८३, आइतबार

पाँच वर्षमा नतिजा देखिनेगरी काम गर्छुः राई

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २५ मसिर । बाँके क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले संमृद्ध बाँकेका लागि आफूले गरेका प्रतिवद्धताहरु नभुल्ने र आगामी पाँच वर्षमा त्यसको नतिजा देखिनेगरी काम गर्ने बताएका छन् । जितपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले अब बाँकेमा जाति र साम्प्रदायिकताभन्दा माथि उठेर राजनीति गर्ने र विकासको काममा समर्पित हुने नेताको खाँचो रहेको समेत बताए ।

‘मैले हरेक जातजाति, धर्म र सम्प्रदायको भोट पाएर जितेको छु, एउटा कुनै समुदाय विशेषबाट आएको भएपनि म त्यो दायराभन्दा सधैंँ माथि नै रहने छु’ राईले भने ‘आफु त्यस्तो साँघुरो मानसिकताबाट कहिले पनि राजनीति नगर्ने र, अरुलाई पनि साम्प्रदायिकताको दायराभन्दा माथि उठेर राजनीति गर्न सुभाब दिए ।’ राई भन्ने नेपालगन्ज र समग्र बाँकेलाई सद्भावपूर्ण बनाउनका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने समेत बताए ।

जितपछि पनि मतदातासँग शुभकामना लिन अनि पुनः विकास र संमृद्धिका बाचा का लागि घरदैलो अभियान सुरु गर्न थालेका राईले निर्वाचनका बेला आफूले गरेका प्रतिवद्धताहरुलाई पाँच वषभित्र नै पूरा गर्ने समेत बताए । राईले नेपालगन्जको विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाएर, यहाँबाट विभिन्न तीर्थयात्रा तथा पर्यटकीय घुम्न जाने पर्यटकहरुलाई केही दिन नेपालगन्जमै ‘होल्ड’ गर्ने योजनाका लागि आफूले पहल गर्ने समेत बताए । राईले भने नेपालगन्जलाई डुबानमुक्त बनाउने तथा डुडुवामा नदी नियन्त्रणको दिगो योजनाका लागि आफू लागिपर्ने पनि उनले प्रतिवद्धता जनाए ।

‘अनि नेपालगन्जमा विश्वविद्यालय, सरकारी मेडिकल कलेजको स्थापना, यहाँका मन्दिर, मस्जिद तथा चर्च, गुम्बाजस्ता पौराणिक सम्पत्तिहरुको संरक्षण र सम्वद्र्धनलगायत महत्वपूर्ण कामहरु पनि मेरा प्राथमिकतामा रहेको छ ‘म जनप्रतिनिधि भइसकेँ, जनताले मलाई विश्वास गरेका छन्न्, सरकारले पनि जनप्रतिनिधिको आवाज अवश्य सुन्नेछ ।’

विकास गर्नका लागि सरकारमा जानैपर्ने कुरालाई इन्कार गर्दै उनले सरकारमा गए पनि प्रतिपक्षमा रहेपनि यहाँको विकासका लागि आफ्नो पहल उत्तिकै मजवुत रहने बताए । ‘हुन त राजनीतिमा असम्भव र निश्चित भन्ने केही हुँदैन, हामी सरकारमा गए पनि नगएपनि जनप्रतिनिधिका हैसियतमा म सरकारका सबै निकायसँग यहाँको विकास र संमृद्धिका लागि बलियो पहल गर्नेछु’ राईले भने ‘विकासका लागि पार्टी सरकारमा जानैपर्ने र आफू पनि मन्त्री हुनैपर्ने जरुरी छैन ।’

उनले आफू र आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउनका सहयोग गर्ने सम्पूर्ण मतदाताहरु, शुभेच्छुक तथा सहयोगीहरु सबैलाई धन्यवाद समेत दिए । ‘सबै समुदायले मलाई सहयोग गरेका छन्, यो सहयोगका लागि म सधैँ ऋणी हुनेछु, त्यसको गुण मैले यहाँको विकास गरेर तिर्ने नै छु’ राईले भने ‘र, आगामी दिनमा पनि यस्तै सहयोग अनि सुझावहरुको अपेक्षा गर्दछु ।’