२२ कार्तिक २०८३, आइतबार

पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ मंसिर । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालिम दिएको छ ।

गत शुक्रबारदेखि सञ्चालित तालिममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उनले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालिम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताए । –रासस