कञ्चनपुर, २४ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ (क)मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले)का तारा लामा तामाङ दोब्बर भन्दा बढि मतले विजयी भएका छन् ।
तामाङले नेपाली काँग्रेसका उम्मेदवार गोपाल सिंह गुरुङलाई १० हजार ७२४ मतान्तरसहित पराजित गरेका हुन् । तामाङले २० हजार १५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ९ हजार २९० मत ल्याएका थिए ।
कञ्चनपुर १ (क)मा कुल ४३ हजार १७१ मतदाता मध्ये ३१ हजार २५४ मत खसेको थियो । जसमध्ये १ हजार १४० मत बदर भएका छन् ।












प्रतिक्रिया