२२ कार्तिक २०८३, आइतबार

पोखरा राइनोज्–ट्यालेन्ट हन्ट २०१७ का लागि आवेदन खुला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागि दर्ता खुल्ला गरिएको छ ।

दर्ता प्रक्रिया बिहान७ देखि बेलुकी ८ः३० बजे सम्मखुल्ला रहने जानकारी दिइएको छ । कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरुलाई स्पर्धाका लागि शुभकामना दिएका थिए । उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए । कप्तान शक्ति गौचन तथा यूवा खेलाडी बिपिन खत्रीले पनि आफ्नो मनतब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममार्फत प्रतियोगिताका सहभागीलाई ब्याट्सम्यान तथा बलरका रुपमा विभाजन गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

यसरी विभाजन गरिएका ब्याट्सम्यान मध्य केही विकेटकिपर्स तथा अलराउन्डरपनि राम्रै संख्यामा देखिएको जानकारी दिइएको छ ।

ट्रायल सेसनको समाप्तिपछि छनोट मंडलले १ सय जना सहभागि मध्यबाट २४ जना खेलाडीको छनोट गरी चयन भएका प्रतियोगीहरुको नाम सार्वजनिक गरेका थिए । छनोटमा पर्न सफल सहभागिहरुको नाम यस प्रकार रहेको छ :

१. सगुनकार्की
२. रोनित बटाजु
३. दिपककुँवर
४. लक्ष्मण गोले
५. दिपक गुरुङ्
६. सुमन घिमिरे
७. किशोर चन्त्याल
८. सन्तोष क्षेत्रीथापा
९. शिव टिलिजा पूण
१०. कुशलमल्ल
११. मणीराम गुरुङ्
१२. सुदिपपौडेल
१३. देवशाह
१४. दिपेशकुमार
१५. विज्ञान विक्रम बिष्ट
१६. शुभमयादव
१७. प्रकाशखनाल
१८. प्रकाशखनाल
१९. सुवास खत्री
२०.अब्दुलखालिकमिया
२१. राजकुमार केसी
२२. विश्वास पराजुली
२३. नितेशगिरी
२४. प्रेम गुरुङ्
२५. किरण पौडेल

छनोटमा पर्न सफल खेलाडीलाई यस पश्चात २४ ओवरको म्याच खेल्न लगाइएको थियो । यस म्याचमार्फत छनोट समुहले २४ जनामध्य उत्कृष्ट ७को चयन गरेको जानकारी दिइएको छ । नविन झा र शक्ति गौचन निर्णायक मण्डलीमा रहेको छनोट समूहलाई उत्कृष्ट ७ को छनोट गर्न निकै गाह्रो परेको थियो ।

खेलाडीहरु अन्तिम छनोटमा पर्न सफलभएका

१. मेखबहादुर सेन
२. प्रकाश खनाल
३. विज्ञान विष्ट
४. दिपक गुरुङ्
५. कुशल मल्ल
६. सुमन घिमिरे
७. देव शाह