२२ कार्तिक २०८३, आइतबार

बाजुरा प्रदेश ‘ख’ मा एमालेका शाह विजयी

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २३ मंसिर । बाजुराको प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा नेकपा एमालेका प्रकाश शाह विजयी भएका छन् ।

बाम गठबन्धनका उम्मेदवार एवं एमाले बैकल्पिक केन्द्रीय सदस्य अछाम जिल्ला इन्चार्ज समेत रहेका शाहले १८१८६ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका पदम बहादुर शाहीलाई ३२०९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी शाहीले १४९७७ मत प्राप्त गरेका छन् । पराजित शाही काँग्रेस महासमिति सदस्य हुन् ।