जुम्ला, २१ मंसिर । यहाँ आज साँझ ५ः ४० बजेदेखि मतगणना शुरु भएको छ ।
उच्च सरकारी वकिल कार्यालयको भवनमा शुरु भएको मतगणनामा तारजालीभित्र सात गणकको टोली गणना गर्न खटिएको छ । तारजाली बाहिर उम्मेदवार र प्रतिनिधिलाई बसालिएको छ । गणना भइरहेका तीनै कोठामा सिसी क्यामराको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिनुभयो ।
दाङ: यहाँ करिब ७० प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लामा ३९४ मतदान केन्द्रका सबै मतपेटिका सदरमुकाम घोराहीमा आइसकेपछि मात्र मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता छन् ।
अहिले मतपेटिका सदरमुकाम घोराहीमा आउनेक्रम जारी छ । मतगणना पद्मोदय पब्लिक मावि भरतपुरमा हुनेछ । रासस












प्रतिक्रिया