२२ कार्तिक २०८३, आइतबार

डडेल्धुरामा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहानबाट मतगणना शुरु गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २१ मंसिर । बिहीबार सम्पन्न भएको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री शेर बहादुरको गृह जिल्ला डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ ।

जम्मा ८१ हजार ६३२ मतदाता रहेको डडेल्धुरामा प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डा. रमेश प्रसाद रिजालले जानकारी दिएका छन् ।

बिहीबार राति नै सबै मतदान केन्द्रहरुबाट मतपेटीकाहरु जिल्ला सदरमुकाममा पु-याई शुक्रबार बिहानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत रिजालले बताएका छन् । केही सामान्य छिटपुट घटना बाहेक मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।