३१ आश्विन २०८३, शनिबार

नेपाल आइडल र होस्टहरू अभियानको सांस्कृतिक दूत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिलोङ । अस्ट्रेलियाको जिलोङमा नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशील नेपाल लुम्बिनी–कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन् ।

अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरू र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपश्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गरेको हो ।

कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई विश्व संयोजक श्रेष्ठले धन्यवाद दिए ।