२२ कार्तिक २०८३, आइतबार

सडकमा राखिएको बम सेनाले गर्यो डिस्पोज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

हेटौँडा, २० मंसिर । हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना भएको छैन । रासस