१ कार्तिक २०८३, आइतबार

कता नेपाली ? छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिंगटन डिसी । गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक कता नेपाली ? राखिएको छ । प्रतियोगितामार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा नेपालीहरू नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन् ? भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सोभन्दा माथिका नेपाली भिडियोग्राफरहरूबाट सहभागिताको आशा गरेको छ ।

भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली वा तामाङ भाषामा पेश गर्न पाइनेछ ।