२२ कार्तिक २०८३, आइतबार

सल्यानमा प्रशासनले ग-यो सुरक्षा व्यवस्था कडा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, मंसिर १९ । प्रतिनिधि सभा र प्रदेश सभाको आगामी बिहीबार हुन लागेको निर्वाचनका लागि सल्यानमा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनका दिन प्रशासनको अनुमतिविना सवारी साधन चलाउन नपाइने भएको बताइएको छ ।

मतदानका दिन सुरक्षा व्यवस्थामा असर पुग्न सक्ने भन्दै प्रशासनले सवारी चलाउँदा पास लिनु पर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मतदानको दिन कुनै पनि सवारी साधन समेत अनुमतिविना चलाउन नपाउने बताएका छन् ।

निर्वाचनका दिन अनुमति लिएका सवारी साधनमा पनि असंबन्धित व्यक्तिहरु राखेको पाइएमा वा सवारी साधनको दुरुपयोग भएको पाइएमा अनुमति पत्र तत्काल खारेज गर्न सकिने बताईएको छ । प्रशासनको अनुमतिविना मतदानको दिन सवारी चलाएमा डिउटीमा खटिएका प्रहरीले कारवाही गर्ने सवारी साधन पनि जफत गरी लाईसेन्स पनि रद्ध समेत गर्न सकिने प्रशासनले जनाएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन अपिल

सल्यानमा क्रियाशील नागरिक समाज, पत्रकार र मानव अधिकारकर्मीहरुले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्षर पारदर्शी तथा विश्वसनीय बनाउनका लागि सबै सम्बन्धीन निकाय प्रति अपिल गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो अपिल गरेका हुन् । नागरिक समाजका कार्यवाहक संयोजक रामचन्द्र रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव शिवलाल डाँगी, मानव अधिकार एलाईन्स सल्यानका अध्यक्ष शान्तबहादुर थापा, मानव अधिकार वकालत केन्द्र रेस सल्यानका कार्यवाहक अध्यष प्रद्युम्न उपाध्याय र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारशिला हो । निर्वाचनमा शान्तिपूर्ण, पारदर्शी, स्वतन्त्र र भयरहित वातावरणमा भाग लिन पाउनु आम नागरिकको अधिकार भएको बताएका छन् ।