चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका–५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाई राखेको अवस्थामा १ नाल कटुवा पेस्तोल, १ राउण्ड एसएलआरको गोली र १५ ग्राम गनपाउडर सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ ।
शंकास्पद बस्तुको खोजी कार्य अभियान अन्तर्गत ३ नम्बर प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर समेतले खोजी गर्दै जाने क्रममा उक्त हातहतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।












प्रतिक्रिया