अस्ट्रेलिया । एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई संगीतप्रेमीले राम्रो साथ दिएका छन् ।
स्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।
आयोजकले उनीहरूको कार्यक्रमलाई पहिलोपटक सिड्नीका प्रतिष्ठितमध्येको ओलम्पिक पार्कमा रहेको स्पोट्र्स सेन्टरमा राखेको थियो । अन्य सहरमा समेत उत्कृष्ट कार्यक्रमस्थलमा कार्यक्रम प्रस्तुत गरिएको आयोजक राजकुमार गोस्वामीले दाबी गरे ।
मेलबर्नमा आइतबार आयोजित कार्यक्रममा समेत दर्शकश्रोताको उत्तिकै उपस्थिति थियो । उनीहरूलाई दर्शकश्रोता नाचेर र गाएर दिएका थिए । करिब तीन घण्टा दर्शकश्रोताले भरपूर मनोरञ्जन पाएका थिए ।
नेपाली टचका दीपेश पुनका अनुसार, उनीहरूले एडिलेड, पर्थ, होबार्ट र डार्बिनमा पनि गाउनेछन् ।















प्रतिक्रिया