बर्दिया, १८ मंसिर । बर्दियाको बाँसगढी नगरपालिका ५ बाँसगढी बजारमा केही बेर अघि बम बिस्फोट भएको छ ।
नयाँ शक्ति पार्टीका बर्दिया जिल्ला संयोजक तथा बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशव पौडेलको घर नजिकै रहेको नालीमा बम बिस्फोट भएको हो । केही बेर अगाडी साँझ साढे ६ बजेतिर बम बिस्फोट भएको हो । विस्फोटबाट कुनै पनि क्षति भएको छैन ।
केशव पौडेल उम्मेदवार भएकोले उहाँकै घरलाई लक्षित गरेर बिस्फोट गराईएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कसले र कीन बिस्फोट गराएको हो भन्ने बारे प्रहरीले कही बताएको छैन । बिस्फोटमा संलग्नहरुको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।












प्रतिक्रिया