सुख्खड, १८ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश्वर पाठकले आसन्न चुनावपछि बामपन्थी सरकार बन्ने निश्चित भएकाले जनता सुखी भएको बताएका छन ।
कैलाली क्षेत्र नम्वर ३ अन्र्तगत सोमबार सुख्खडमा आयोजना भएको चुनावीसभामा बोल्दै नेता पाठकले बामगठवन्धनले देशभर चुनाव जित्ने ठोकुवा गरे । देशभर जित्छौ क्षेत्र नम्वर ३ का उम्मेदवारलाई पनि जिताएर पठाउन उनले आग्रह गरे । हसिया हतौडा वोक्ने हामीहरु अव एउटै कम्यूनिष्ट पार्टी निर्माणमा लागेका छौ त्यसले हामी मात्र जनता पनि उत्साहित छन उनले भने ।
नेता पाठकले कम्यूनिष्ट मात्रै परिवर्तनको वहाक भएको चर्चा गरे । उनले प्रजातन्त्र दरवारमा पुगाउने नै कम्यूनिष्ट अधिनायकबादी हुन्छन भन्नु हास्यास्पद भएको बताए । कम्यूनिष्ट एक भएपछि कांग्रेसहरु आत्तिएर ०४८ सालकै जस्ता आरोप लगाउन थालेको आरोप नेता पाठकको थियो ।
मनमोहन अधिकारी, केपी ओली र प्रचण्ड लगायतका नेताहरु छोटो समय प्रधानमन्त्री हुँदा सम्झनलायक काम गरेको चर्चा गर्दे नेता पाठकले वहुमतको सरकारको बनाएपछि सामाजिक, आर्थिक क्षेत्रले फड्को मार्ने दावी गरे ।
बाम गठवन्धनको संयुक्त केन्द्रीय घोषणा पत्रले वुद्धभत्ता ५ हजार पुगाउने उल्लेख गरेको छ उनले भने यस्ता धेरै सामाजिक हीत र दायित्वका काम बामगठवन्धनको सरकार बनेपछि हुन्छन ।
सो अवसरमा वोल्दै माओबादीका पोलिटव्यूरो सदस्य हरिराम चौधरी उत्सवले समाजका सवै कुरिती र कुसंस्कार बाम सरकार बनेपछि अन्त्य हुने बताए । एमाले नेता हनुमान चौधरी, चुनकुमारी चौधरी र घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी लगायतका नेताहरुले जात, क्षेत्रका सवालमा हामी अल्झिनु हुँदैन भन्दै बाम गठवन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरे ।
एमाले जिल्ला सचिवालय सदस्य खडक रावतको अध्यक्षतामा भएको सभामा प्रतिनीधिसभाका उम्मेदवार गौरीशंकर चौधरी, प्रदेशसभाका उम्मेदवार अमर साउद लगायतले चुनाव जितेपछि आफूहरुले गर्ने काम बारे चर्चा गरेका थिए ।












प्रतिक्रिया