– आकाश देबकोटा
बाके, १८ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन सम्पन्न गराउनका लागि निर्बाचन समाग्रीसहितको कर्मचारीको टोली मतदान केन्द्रमा खटिन थालेका छन ।
कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचय पत्र लगाएतका ६४ किसिमका निर्वाचन सामाग्री सहित मतदान केन्द्र तर्फ खटिन सुरु भएको जिल्ला निर्बाचन कार्यालय बाकेले जनाएको छ । बाँकेको नेपालगन्जस्थित निर्बाचन कार्यालयमा निर्बाचन सामाग्री बुझेर मतदान केन्द्रमा खटिने कर्मचारीहरुको भिड लागेको छ ।
सोमबार साझ सम्म सबै मतदान स्थलमा निर्बाचन समाग्री सहित कर्मचारीको टोली पुग्ने र मंगलबार बिहानबाट मतदान स्थल निर्माणका लागि आबश्यक तयारी गर्ने कार्यतालिका रहेको जिल्ला निर्बाचन कार्यालय बाकेका प्रमुख बसन्तराज अधिकारीले बताउनु भयो ।
बाकेमा प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ गरी ९ बटा पदका लागि निर्बाचन हुँदैछ ।
२ लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाकेमा १ सय ३६ मतदान केन्द्र , ३ सय २७ मतदान स्थल रहेका छन । निर्बाचनलाई सम्पन्न गराउनका लागि करिब २ हजार ६ सय १६ जना कर्मचारी सहित ठुलो संख्यामा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।














प्रतिक्रिया