बर्दिया, १८ मंसिर । बर्दियामा निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेसका कार्यकर्ता कुटपिटमा उत्रिएका छन् ।
जिल्लामा वाम गठबन्धनको जनलहर बढेपछि हतास बनेका कांग्रेसका कार्यकर्ता कुटपिटमा उत्रिएका हुन् । उनीहरुले गत शनिवार साँझ गुलरिया नपा २ की एमाले स्थानीय नेतृ तोफा यादव माथि कुटपिट र गालि गलौज गरेका हुन् ।
काँग्रेसका कार्यकर्ता तथा काँग्रेसका क्षेत्रीय सभापति मुक्तिनाथ यादवका साला गणेश यादवले आफूलाई कुटपिट र गालिगलौज गरेको तोफा यादवले बताईन् । उनले भनिन्, ‘मलाई एमाले किन प्रवेश गरेको भन्दै काँग्रेसीहरुले कुटपिट गरे, गालिगलौज गरे ।’ नेतृ यादवले प्रतिस्पर्धी दलका नेता तथा कार्यकर्ताहरुलाई काँग्रेसका कार्यकर्ताहरुले धम्क्याउने गरेको बताइन् ।
संघीय समाजवादी फोरमकी जिल्ला अध्यक्ष समेत रहेकी तोफा यादव केही समय अघि जिल्ला समिति सहित एमालेमा प्रवेश गरेकी हुन् ।












प्रतिक्रिया