२२ कार्तिक २०८३, आइतबार

म हिन्दू भएकै कारणले मेरो निश्चितः कँडेल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाके, १८ मसिर । हिन्दू राष्ट्रका पक्षधरले आफुलाई भोट दिन भएकाले जित सुनिश्चित रहेको बाके क्षेत्र नम्बर दुईका उम्मेदवार तेजनारायण कँडेलले बताएका छन् । यो चुनाव देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहने शक्ति र धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने शक्तिबीचको जनमत संग्रह हो, चुनावको अन्तिम प्रचार–प्रसारमा रहेका प्रतिनिधि सभा–२ बाकेका उम्मेदवार कँडेलले सोमबार बिहान मतदातासँग कुराकानी गर्दै उनले भने । म हिन्दु भएकै कारणले मेरो निश्चित भएको बताए ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका १७ जना उम्मेदवार मध्ये आफुले मात्र हिन्दु राष्ट्रको वकालत गर्दै आएका जिकिर गरे । देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहनुहुन्छ, भने यो चुनावमा एकिकृत राप्रपा (राष्ट्रवादी)लाई भोट दिएर जिताउनुस्, नत्र यो देशमा हिन्दु धर्म, सँस्कृति अझ लोप भएर जाने निश्चित छ, कँडेलले भने । आफुले सुरुदेखी नै हिन्दु राष्ट्रको पक्षमा स्थानीय स्तरमा वकालत गर्दै आएको र सांसदमा निर्वाचित भएर गएपछि संसद बैठकमा टेबुल ठोकेर भएपनि हिन्दु राष्ट्रमा फर्काउने उनको उद्घोष छ ।

मौन अवधिको पूर्व सन्ध्यामा एकिकृत राप्रपा(राष्ट्रवादी)ले सोमबार बिहानैदेखी घरदैलो गरिरहेको छ । घरदैलोमा कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता खटिएका छन् । घरदैलोका क्रममा छुटेका मतदाता समक्ष उनीहरु पुग्ने प्रयास गरिरहेका छन् ।