काठमाडौं, १८ मंसिर । विवेकशील साझा पार्टी चुनावको अन्तिम दिनमा पुग्दै गर्दा पृथक शैलीमा कार्यक्रमहरु गर्दैछ। काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डे अनि प्रदेश सभाका उम्मेदवारहरु चक्र नेउपाने अनि सुरेन्द्र बहादुर रानाभाटले चुनावी अभियानको अन्तिम घडीमा पुग्दै गर्दा आक्रामक पृथक शैली अपनाउदै छन्। आन्तिम दिनको अभियानमा काठमाडौँ क्षेत्र नं ९ मा एउटा खाम दिदै छन्। त्यो खाम भित्र, हातैले लेखेको पत्र, हरियो र कालो रंगको मतपत्र अनि मिलन पाण्डेको बहुचर्चित लेख ‘बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु’ समेत खाममा हालेर बाढिएको छ।
खाम बाढ्ने क्रममा कुलेश्वरमा भेटिएको प्रकाश महर्जनले खाम लिएर पढेपछि हास्दै, “ तपाईहरुले प्रचार प्रसार निकै पृथक लाग्यो। कतै यो बामलाई ढाल्ने खाम त होइन ? ” भन्दा अभियानकर्ताहरु देखि सबै जना हासेका थिए। यो पृथक शैलीले आम मतदाताहरुलाई अन्तिम घडीमा बिश्वास दिलाउन मद्दत गर्ने मिलन पाण्डेले बताए। उनले, आफुहरुले जित्ने निश्चित भएको र मतादाताहरु नाझुक्कुन् भनेर यसो गरेको बताए। विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नं ९ मा १७ गते “रन्जुसंग यात्रा” कार्यक्रम मार्फत काठमाडौँको विभिन्न ठाउँहरुमा कोणसभा समेत गरेको छ। उक्त कार्यक्रममा विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले सम्बोधन गरेकी थिइन्।
काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डेले आफुहरुको जित सुनिश्चित भएको दाबी गरे। उनले कोणसभालाई सम्बोधन गर्दै भने, “ नेपाली राजनीतिमा धेरै खेलाडी आएको तर समृद्धिको गोल गर्न कसैले सकेन। अब विकास अनि समृद्धिको गोल हामी गर्छौं। अबको नेपाली राजनीतिको मेस्सी पनि हामी हौँ अनि रोनाल्डो पनि हामी हौँ ।”
काठमाडौँ क्षेत्र नं ९ लाई एकदमै चासोको साथ् हेरिएको छ। यहाँ कांग्रेसबाट ध्यान गोविन्द रंजित उठेका छन् भने बाम गठबन्धनबाट कृष्ण गोपाल श्रेष्ठ उठेका छन्। ध्यान गोविन्द रंजित दुईचोटी यसै क्षेत्रबाट उठेर जितीसकेका छन् भने कृष्ण गोपाल श्रेष्ठ पनि यसै क्षेत्रबाट दुई चोटी उठेर हारिसकेका छन्। ध्यान गोविन्द रंजित अनि कृष्ण गोपाल श्रेष्ठ यसै क्षेत्रबाट करिब २६ वर्षदेखि राजनीति गर्दै छन्। पाण्डे भने विवेकशील साझा पार्टीबाट युवा पुस्तालाई राजनीतिमा स्थापित गराउन लागिपरेका छन्। यसै क्षेत्रमा प्रदेशबाट भने प्राध्यापन पेशामा संलग्न चक्र न्यौपाने (क बाट) अनि युवा ब्यबसायी सुरेन्द्र रानाभाट (ख बाट) उठाएको छ ।














प्रतिक्रिया