२२ कार्तिक २०८३, आइतबार

पेस्तोल र खुकरीसहित एक व्यक्ति पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १८ मंसिर । प्रहरीले पेस्तोल र खुकुरीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१३ रोडशेष चोक नजिक बस्ने ४१ वर्षीय फटिककुमार कार्कीलाई उनकै घरबाट राखेको मिनी चाइनिज पेस्तोलको गोली २ राउण्ड, त्यसको म्याग्जीन १ थान र खुकुरी १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको भन्ने जानकारी पाएको वडा प्रहरी कार्यालय बिराटनगरबाट खटी गएको प्रहरीले उक्त हतियार फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । उनकी श्रीमतीको शरीरका बिभिन्न भागमा सामान्य चोट लागेको पाइएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।