– विजय थापा
मेरिल्याण्ड । अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर राजिव श्रेष्ठको ग्लाम क्यालेन्डर २०१८ को सार्बजनिक साथै तस्बिर प्रदर्शनी भव्यताको साथ सम्पन्न भएको छ ।
नेपालका चर्चित ग्लामर तस्बिर खिच्नेमध्ये कै एक श्रेष्ठद्वारा अमेरिकाको भर्जिनिया, न्युयोर्क, मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरुका उनले खिचेका तस्बिरलाई पात्रो निर्माण गर्दै ग्लाम क्यालेन्डर २०१८ को सार्बजनिक गरेका छन् ।
श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् । अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् ।
उनलाई अमेरिकामा रहेका नेपाली कलाकार, मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई उनले प्रोत्साहन र सहयोग गर्दै आएका छन् ।















प्रतिक्रिया