खोटाङ, १७ मंसिर । खोटाङमा नेत्रबिक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता घर बाटै पक्राउ परेका छन् । शनिवार साँझ प्रहरी चौकी खार्पाबाट गएको प्रहरीको टोलीले नेत्रबिक्रम चन्द (विप्लव) समुहका कार्यकर्ता शेखर पोखरेललाइ उनको लामिडाँडा गाउँपालिका–२ खार्पा घरबाट पक्राउ गरेको हो ।
गत मंसिर १० मा पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा निर्वाचन बिरोधी गतिबिधि गरेर निर्वाचन बिथोल्न खोजेको आधारमा उनलाइ शनिवार साँझ घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । चुनावका समयमा विप्लव समुहले वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका विशाल भट्टराइ, लोकतान्त्रिक गठवन्धनका तर्फबाट प्रदेशसभा सदस्य (क) बाट प्रत्यक्षतर्फ बाट उम्मेदवार बनेका कांग्रेशका शुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको घरमा घर जग्गा कब्जा गरिएको भनेर विज्ञप्ती टाँस गरेको थियो । यस्तै, नेत्रबिक्रम चन्द (विप्लव) समुहले रुपाकोट मझुवागढी नगरपालिकास्थित दोर्पा चिउरीडाँडामा वम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दोस्रो चरणको निर्वाचन सकिएपछि पोखरेल विरोद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने प्रनाउ थापाले बताए । पक्राउ परेका पोखरेल रत्न राज्य लक्ष्मी आधारभुत विद्यालय लामीडाँडा गाउँपालिका १ कुभिन्डेका प्रधानाध्यापक हुन् । पोखरेल विप्लव समुहको शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेको स्रोतले जनाएको छ ।
चितुवाले दिउँसै बाख्रा खान थालेपछि स्थानियवासी त्रसित
खोटाङमा दिउँसै खोरबाट चितुवाले बाख्रा खान थालेपछि स्थानियवासी त्रसित भएका छन् । चितुवा खोरमा आएर दिउँसै खोरबाट बाख्रा खान थालेपछि खोटाङको जन्तेढुंङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयवासी त्रसित बनेका हुन् । चितुवाले जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालय निवासी लालकुमार रोइलाका तिन वटा खशी र दुइ वटा बाख्रा खाएको छ । यस्तै, चितुवाले सोही गाउँपालिका–४ निवासी रत्नबहादुर राइका चार बाख्रा र रानबहादुर रोइलाका एक बाख्रा खाएको मानहादुर रोइलाले बताए । जंगलमा चराउन लगेको समयमा आफ्ना तिन खशी र दुइ बाख्रा चितुवाले खाएको लालकुुमार रोइलाले बताए । चितुवाले रत्नबहादुर राइको खोर भत्काएर र मानबहादुर रोइलाको जंगल बाट बाख्रा खाएको हो । युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । हामी बुढापाका मात्र घरमा बसेका छौ । स्थानिय लक्ष्मी रोइलाले भनिन्, ‘अब त खोर बाटै चितुवाले खशी बाख्रा खान थाल्यो ।’ उनले भनिन्, ‘अब त हामीलाइ पनि आक्रमण गर्ला भन्ने डर भयो ।’ पहिला पहिला हामी सानो हुँदा यस्तो भएको थियो । निकै वर्षपछि फेरी उही दोहोरिएको स्थानिय वृद्ध लक्ष्मण रोइलाले बताए ।
हिउँदे बाली सुक्न थालेपछि किसान चिन्तीत
खोटाङमा सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेपछि किसान चिन्तीत भएका छन् । सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा हिउँदे बाली सुक्न थालेपछि हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडा वडाका किसान चिन्तीत भएका बनेका हुन् । जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडालाइ सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहन लगायतका बालीनाली सुकेर जान थालेको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी खडेन्द्र राइले बताए । उनले भने, ‘पानी नपर्दा पिउने पानीका मुहान समेत सुक्न थालेका छन् । जसले गर्दा यस क्षेत्रमा पिउने पानीको समेत अभाव चर्किएको गएको छ ।’
भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगे लगायतका बालीनाली ओइलिएर सुकेको किसानको भनाई छ । विशेषगरी दुधकोसी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ । यस अघिका वर्षसम्म भदौं असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ । पानी नपर्दा अधिकांश बालीनाली सप्रिएका छैनन् । सिँचाईको अभावमा सो क्षेत्रका स्थानीय आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य छन् । पानी नपर्दा केराको बोट समेत ओइलिन थालेको छ ।
कम पानी पर्ने भएकाले हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामध्ये अधिकांश वडा सुक्खाग्रस्त क्षेत्र मानिन्छ । यस अघि नै हलेसी तुवाचुङ नगरपालिकाको सात वडा सुक्खाग्रस्त क्षेत्रकारुपमा घोषित भइसकेको अवस्थामा नगरसभाको पहिलो बैठकले बाँकी रहेका थप चार वडा धितुङ, सल्ले, अर्खौले र राजापानीलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणाका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।













प्रतिक्रिया