बर्दिया, १७ मंसिर । बहालवाला भुमिसुधार तथा बर्दियाबाट प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्मर २ का उम्मेदवार गोपाल दहितलाई हत्याराको आरोप लागेको छ । बाम गठबन्धनका तर्फबाट बर्दिया प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नम्मर २ का उम्मेदवार दिपेश थारु राजेशले गोपाल दहितलाई हत्याराको आरोप लगाएका हुन् ।
बर्दियाको राजापुर क्षेत्रमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार दिपेश थारु राजेशले तत्कालिन संकटकाल अवस्थामा मानपुर टपरामा रहेको सेनाको ब्यारेकबाट भाषण गरेर राजापुरका सबै थारुहरु माओवादी हुन भन्दै सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका थिए । संकटकालिन अवस्थामा गोपाल दहित राजाको शासनकालका बेला मन्त्री भएका थिए । उनले सेनाको ब्यारेकबाट भाषण गरेको एक हप्ता भित्र ६४ जनाको हत्या भएको भन्दै उम्मेदवार राजेशले उक्त आरोप लगाएका हुन् ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा हलो चुनाव चिन्ह लिएर राजतन्त्रको पक्षमा राप्रपाबाट चुनाव लडे । तत्कालिन अवस्थामा राजापुर क्षेत्रका जनताले चुनावमा हराएपछि यहाँका थारु सोझा छन ठग्नु पर्छ थारुहरुलाई बेकुव बनाउनु पर्छ भन्दै थरुहट तराई पार्टी निर्माण गरेको उम्मेदवार राजेशले बताए । उनले भने ‘यहाँका सोझा थारुलाई बेचेर आफु समानुपातिक सुचिबाट सभासद बने । हाल उक्त थरुहट पार्टीको ढकिया बेचेर मन्त्री बन्नका निमित्त विजयकुमार गच्छेदारको मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरे ।’ गोपाल दहित अवसरबादी नेता भएको भन्दै उम्मेदवार राजेशले पुनः मधेशी जनधिकार फोरम छोडेर फेरी नेपाली काँग्रेसमा प्रवेश गरे । आफ्नो ब्यक्तिगत स्वार्थका निमित्त मात्र राजनीति गर्ने गरेको उनको ईतिहासले प्रष्ट पार्ने समेत उम्मेदवार राजेशले दावी गरे । गोपाल दहितले ब्यक्तिगत स्वार्थका निम्ति भू माफियासंग मिलेर करोडौं घूस खाएर भू खण्डिकरण गर्ने नीति उल्टाएको दिपेश थारुले बताए ।












प्रतिक्रिया