२२ कार्तिक २०८३, आइतबार

सिनपा १२ः बामपन्थीमाथि नै सहारा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ का विभिन्न नगरपालिका र गाउपालिकाका वडा वडामा यतिबेला चुनाबी कार्यक्रमले तिव्रता पाएका छन् । यस क्षेत्रमा संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, राप्रपा राष्ट्रवादी, नयां शक्ति पार्टी, राजपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस –विपी) जस्ता साना दल र स्वतन्त्र चुनाबी मैदानमा होमिएको बेला मुख्य प्रतिसपर्धा भने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच देखिएको छ ।

एमाले र माओवादीबीचको सहकार्यमा देशैभर बनेको बामगठबन्धनसंग नेपाली कांग्र्रेस र राप्रपाबीचको सहकार्यमा बनेको लोकतान्त्रीक गठबन्धनबीच चुनाबी प्रतिसपर्धा चलेको छ । बामगठबन्धनबाट रुपन्देही ३ मा प्रतिनिधीसभा तर्फ बौद्धिक नेता घनश्याम भुसाल चुनाबी मैदानमा छन् । विचार र विकासका संवाहकका रुपमा परिचीत एमाले उपमहासचिव भुसाललाई पन्चायतकालदेखी अहिले सम्म बारम्बार मन्त्री बनिरहेका बहालवाला मन्त्री दीपक बोहराले चुनौति दिएका छन् ।

पन्चायतकालमा बहदुल प्राप्तीकोलागी लडेका भुसाल र पन्चायत जोगाउन लडेका बोहराबीच त्यतिबेला जत्ति तिक्तता थियो अहिले एउटै क्षेत्रबाट निर्वाचनमा होमिदा झनै बढेर गएको छ । यसैबीच रुपन्देही सदरमुकाम सिद्धार्थनगरमा राम्रो प्रभाव जमाएका बोहरालाई नगरबासीले नै मत नदिने छनक दिएका छन् । आइतबार नगरको बहुसंख्यक मतादाता रहेको सिनपा १२ मा घरदैलो गर्दा त्यस्तो देखिएको हो ।

उम्मेदवारसंगको घरदैलो तामझामको हुने भएता पनि सिनपा १२ मा आइतबारको बामगठबन्धनको घरदैलोमा उम्मेदवार थिएनन तर नगरका स्थापीत र बौद्धिक व्यक्तित्वको भीड थियो ।

नगरका प्रतिस्ष्ठीत व्यक्तिहरुले विकास र विचारका संवाहक घनश्याम भुसाल र विश्वास बराललाई मत मागेको दृश्य पनि रोमान्चक देखिन्थ्यो । पुर्व सांसद आदित्यनारयण कसौधन, सुनचादी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, भैरहवा क्याम्पसका संस्थापक प्रमुख बालकृष्ण भट्टराई, अधिवक्ता कुलानन्द ज्ञवाली, रुपन्देही क्याम्पसका पुर्व प्रमुख प्रा.डा. कपिलदेव लामिछाने, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, मुक्तीसमाजका केन्द्रिय सदस्य सुधिरमान सिंह विके, काशी नोबल एकेडमीका सहप्राचर्य श्रीबहादुर रायमाझी, प्राध्यापक संघ सचिव कृष्ण घिमिरे घनेन्द्र विक्रम पाण्डे, दुप्रदा पनेरु, लगायतको नेतृत्वमा हिडेको टोलीले अबको देशको विकास र राजनीतिक परिवर्तनको अभिभारा बामपन्थीको कांधमा आएको बताउदैं मतादातालाई प्रतिनिधीसभा तर्फ सूर्य चिन्हमा र प्रदेशसभा तर्फ हसिया हतौडा चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

नगरका लब्ध प्रतिस्ठीत व्यक्तिहरुको नेतृत्वमा सिनपा १२ मा सयौं एमालेका कार्यकर्ता तथा शुभचिन्तक घरदैलोमा हिडेको दृश्य उल्लासपुर्ण थियो । विहानैदेखी दिउंसो १२ बजेसम्म उक्त टोली वडाका विभिन्न टोलमा घरदैलो गरेको हो । सो अवसरमा मतादाताहरुले देश विकासको जिम्मा अब बामपन्थीहरुले लिनुपर्ने बताउदैं अबको जनताको साहरा भनेको बामपन्थी नै भएको बताए ।

उनीहरुले घनश्याम भुसाल जस्तो अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त विद्धान नेतालाई आफ्नो नेता बनाउने समय आएको भन्दै खुसी समेत व्यक्त गरे ।