२२ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा मण्डले प्रवृतिबिरुद्ध उत्रिए जनता

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भैरहवा, १७ मंसिर । चुनाबमा पराजित हुने भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भौतिक आक्रमणमा उत्रिएका छन ।

शनिबार सियारी गाँउपालीका ३ भैसाखादरको एक चिया पसलमा नास्ता खाईरहेका युवा सँघ नेपालका सुरेश यादब र गोपाल न्यौपाने लाई स्थानिय नेपाली कांग्रेसका राप्रपाका मँगल थारु र सँजय गुप्ताले अमुवाका राजिब शाहीसहितले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते यादबको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । राप्रपाका राजिब शाही नेतृत्वका युवा लाई स्थानियले प्रतिकार गरी गाँउ बाट लखेटेको युवा सँघ नेपालका किरण नेपालले बताए ।

आक्रमणकारी बिरुद्ध जिल्ला प्रहरी कार्यलयमा ज्यान मार्ने उद्योग बिरुद्ध मुद्धा दर्ता गरिएको छ ।

यसैबिच युवा सँघ नेपालका केन्द्रिय सचिवालय सदस्य देबराज पोखरेल र वाईसियल केन्दिय उपाध्यक्ष पुजा कार्कीले आईतबार एक प्रेश बिज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन । उनले जनता बिरुद्ध गरिने हरेक चुनाबी हथकण्डाको प्रतिकार गर्न युवा सँघ र वाईसिएलले टोल स्तरको तयारी गरेको छ ।

जनतालाई हामी निर्धक्क भएर चुनाबमा भाग लिन र बाम गठबन्धनका उम्मेदवारहरुलाई निशँकोच मत दिन आग्रह गरेका छन । साथै कुनै शक्ति हाम्रो शालिनतालाई कमजोरी ठानेर अक्रमणमा उत्रिए त्यसका बिरुद्ध पनि प्रतिकारमा उत्रिने चेतावनी दिएका छन ।