२२ कार्तिक २०८३, आइतबार

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिआईबी प्रमुख डीआईजी पुष्कर कार्की (फाइल तस्वीर)

सिमरा, १६ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव आज बिहान फेला परेको हो । छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो । रासस