अमेरिका । डिजिटल युगमा सगुनजस्ता सामाजिक संजालले आफन्त र प्रियजनलाई मात्रै नभएर सिंगो देशलाई आपसमा गाँसेर राख्ने भन्दै यसको महत्व बुझ्न आग्रह गरेका छन् । उनले सगुनको सफलताका लागि शुभकामना दिएका छन् ।
सूचना प्रबिधिको दुनियाँमा सगुनले क्रान्ति गरिरहेको भन्दै अर्का गायक यम बरालले नेपालीको नाताले सगुनप्रति गर्व लागेको बताए ।
सगुनलाई प्रयोग गर्न, माया गर्न र अघि बढाउन सबै नेपालीले सघाउनु पर्ने गायक बरालको भनाइ छ ।
कलाकार यमन श्रेष्ठले सगुनले नेपाललाई आइटी क्षेत्रमा गर्व गर्न लायक स्थानमा पुर्याउने विश्वास व्यक्त गर्दै आफू निकै आशावादी रहेको बताए ।
मलेसियामा सफल नेपाली हेयर डिजाइनर रहेका कैलाश नाउले सगुनलाई अगाडि बढाउन सके सूचना प्रबिधिको क्षेत्रमा नेपालीहरुका लागि हित हुने बताए ।
गिनिज बुक रेकर्डमा नाम लेखाउन सफल दिपक शर्मा बजगाइ भन्छन्– ‘फेसबुक गुगल जस्तै नेपालीले तयार पारेको सगुनले विश्व बजारमा सफलता पाएको हेर्ने रहर छ, यसमा सबै नेपालीले सघाउनु पर्छ ।’
उनले नेपालीहरुले शेयरमा लगानी गरेर सगुनले आँटेका गौरवका योजनाहरुमा हातेमालो गर्न आग्रह समेत गरे ।















प्रतिक्रिया